बिषय प्रबेस

२०१६ को अमेरिकी राष्ट्रपतिको चुनावका क्रममा फेक न्युज एक विश्वव्यापी समस्याको रूपमा देखा पर्यो।फेक न्युजलाई यस्तो बनावटी जानकारी हो जो स्वरूपमा समाचार माध्यमजस्तै देखिन्छ, तर यसको संगठनात्मक प्रक्रिया वा उद्देश्य भने समाचार माध्यमजस्तो हुँदैन, सम्पादकीय मानक र प्रक्रिया हुँदैनन् जसले गलत वा भ्रामक जानकारी दिन्छ । यो विशेष रूपमा खतरनाक हुन्छ किनभने यसले मानक समाचार माध्यमहरूको विश्वसनीयतालाई कमजोर बनाउँछ। पुरानो प्रणालीमा गलत सूचनाबाट जोगाउने र पत्रकारितामा निष्पक्षता (objectivity)एवं सन्तुलन (balance) बचाई राख्ने मान्यताहरूको विकासबाट भयको थियो। यी मान्यताहरू पहिलो विश्वयुद्धको समयमा प्रचार (propaganda) को व्यापक प्रयोग विरुद्ध प्रतिक्रिया स्वरूप विकास भएका थिए। तर आज को युगमा इन्टरनेटले सामग्री प्रसारणमा रहेका धेरै अवरोधहरू हटाइ उच्च सार्वजनिक विश्वास पाएका परम्परागत समाचार स्रोतहरूलाई छोड्ने प्रवृत्ति बढाएको छ।उदाहरणका लागि: संयुक्त राज्य अमेरिकामा पछिल्लो २० वर्षमा पत्रिकाको वितरण ३०% ले घट्यो भने टेलिभिजन साँझको समाचार कार्यक्रमहरूको दर्शक संख्या ५६% ले घट्यो र निरन्तर घटदो क्रम जारी छ ।

परिणामहरु

उत्तर अमेरिका, युरोपियन देशहरु लगायत एसियाका चिन, जापान, भियतनाम, सिंगापुर, मलेशिया, भारत लगायत का देश हरुको प्रणालीमा आएको परिवर्तनसँगै भौगोलिक, सामाजिक र राजनीतिक वातावरणमा महत्वपूर्ण परिवर्तन एवं पछिल्ला ४० वर्षमा राजनीतिक विचारहरूमा भौगोलिक ध्रुवीकरण (polarization) बढेकोले फरक विचार भएका मानिसहरूबीच अन्तरक्रियाको अवसर घटाएको छ।यसका परिणामस्वरूप: समान विचार भएका सामाजिक सञ्जालहरू (homogeneous networks) बने, फरक विचार सहन सक्ने क्षमता घट्यो, विचारधारात्मक ध्रुवीकरण बढ्यो, मानिसहरू आफ्नै विचारसँग मिल्ने समाचार मात्र स्वीकार गर्न थाले र नयाँ जानकारीप्रति खुलापन घट्यो जसले फेक न्युजलाई ठूलो दर्शक समूह आकर्षित गर्न सक्ने वातावरण सिर्जना गर्यो। धेरै फेक न्युज सामाजिक सञ्जालमा भाइरल बनाउने र धेरै मानिसहरू यसबाट प्रभावित गराई व्यक्ति लाई प्रभाव पार्ने गर्दै आइ रहेको पाईन्छ, बिशेस गरि आम चुनाबका समयमा ।

कसरि सहि बाटो हिडाउने?

अहिलेको अवस्थामा इन्टरनेटमा मानिसहरूको ध्यान कति फेक न्युजमा जान्छ भन्ने मापन गर्ने वैज्ञानिक क्षमता सीमित छ।दीर्घकालीन प्रभाव (जस्तै मतदानमा प्रभाव) बारे अनुसन्धान लगभग छैन। त्यसैले हामी दुई प्रकारका हस्तक्षेपहरू गर्न सक्दछौ:

  1. व्यक्तिलाई आफूले देखेको फेक न्युज मूल्याङ्कन गर्न सक्षम बनाउने (विशेष गरी तथ्य-जाँच र शिक्षा)I तथ्य-जाँच सरल र प्रभावकारी उपाय जस्तो देखिए पनि यसको प्रभावबारे वैज्ञानिक प्रमाण मिश्रित छन्।

    अनुसन्धानले देखाउँछ: मानिसहरू प्रायः सत्य खोज्न भन्दा व्यक्तिगत सन्तुष्टिका लागि मिडिया प्रयोग गर्छन् ; मानिसहरू आफ्नो पहिलेको विश्वाससँग मिल्ने जानकारी रोज्छन् (selective exposure) र आफ्नो विचारसँग मिल्ने जानकारीलाई बढी विश्वास गर्छन् (confirmation bias); मानिसहरूले जानकारी सम्झन्छन्, तर त्यो कहाँबाट आयो भन्ने सन्दर्भ बिर्सन्छन्; परिचित (familiar) जानकारीलाई सत्य ठान्ने सम्भावना बढी हुन्छ I

  2. संरचनात्मक परिवर्तन, जसले सुरुमा नै व्यक्तिहरूलाई फेक न्युजबाट जोगाउँछ (प्लेटफर्म नीतिहरूमा परिवर्तन) I इन्टरनेट प्लेटफर्महरू फेक न्युजका सबैभन्दा महत्वपूर्ण सक्षमकर्ता र मुख्य माध्यम बनेका छन्।

    उदाहरणका लागि: पेशेवर समाचार संस्थाजस्तै देखिने वेबसाइट बनाउनु । त्यसैले ठूला प्लेटफर्म कम्पनीहरू:गुगल; फेसबुक; ट्विटर जस्ता प्लेटफर्म जिम्मेबार हुने र जटिल एल्गोरिदम प्रयोगमा लगाम हुनु का साथै प्लेटफर्महरूले गर्न सक्ने उपायहरू जस्तै: स्रोतको गुणस्तर देखाउने; एल्गोरिदममा गुणस्तर समावेश गर्ने; राजनीतिक सामग्रीमा personalization घटाउने; ट्रेन्डिङ सामग्रीबाट bots हटाउने; स्वचालित अकाउन्टको नियन्त्रण गर्ने I

Keep Reading