यस छोटो आलेख़मा तिन बर्ष पहिले (२०८० साल ) र हालका बर्ष (२०८३) मा भएको  उपकुलपति छनौट प्रक्रियामा प्रतिस्पर्धी आबेदन तथ्याङ्कलाई आधार मानी त्रिभुवन बिश्वबिद्यालय, पुर्बाञ्चल बिश्वबिद्यालय, मध्य-पश्चिम विश्वबिद्यालय, र सुदुरपश्चिम बिश्वबिद्यालयका उपकुलपति प्रतिस्पर्धी अबस्थाको एक बिबेचना गर्ने जमर्को गरियको छ I प्राज्ञिक क्षेत्रमा   नेतृत्व गर्ने जोस, जागर, उत्साह, पुन:नेतृत्वको चाहना, एबम् निरन्तरता अध्ययनको एक बिषय हुन सक्छ  भन्ने मान्यताले यो बिषय उठान मात्र गरियको हो I विश्वबिद्यालय जस्तो प्राज्ञिक संस्थामा स्वच्छ प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गर्नुपर्ने माग बमोजिम २०८० साल देखि यो व्यवस्था कार्यान्यनमा आएता पनि पटक पटकको उपकुलपति छनौटको कार्यविधिमा परिमार्जन र निर्णयकर्ताको व्यक्तिपरक मुल्यांकन हाबी हुँदा यस प्रति कतिपय बौद्दीक व्यक्तित्वले बिमति राख्दै आइरहेको र आबेदनमा सहभागी नभयको देखिन्छ भने पुराना प्रतिस्पर्धिले पुन: बिश्वबिद्यालय नेतृत्व गर्ने चाहना नगर्नुको कारण खोजि गर्नुपर्ने देखिन्छ I कुनै पनि संस्थाको दिगो विकास नेतृत्व कार्यकुशलता, नेतृत्व अठोट, लक्ष्य र उद्देश्य, रणनैतिक परिचालन, र मुख्य उपलब्धि सूचकको प्राप्ति निरन्तरतामा भर पर्छ I

पहिलेको व्यवस्थामा भयको उपकुलपतिको निश्चित समयाबधि ( वर्ष )नेतृत्व गर्ने प्राबधान हटाएर कुनै पनि बेला सरकारले उपकुलपतिलाई हटाउन सक्ने प्राबधान, उपकुलपति आबेदन योग्यताका लागि ठुलो दयरा जस्तै १० बर्ष उच्चशिक्षामा सेवा गरेका बिद्याबारिधि प्राप्तले आबेदन दिन पाउने व्यवस्था, मुल्यांकनका आधारमा ३५% मात्र बस्तुनिस्ठ (६५%) व्यक्तिपरक मुल्यांकनका आधार बनाएयको भएता पनि त्रिभुवन बिश्वबिद्यालयमा शुन्य आबेदन बृद्धि एक अध्ययनको बिषय हो I त्रिभुवन बिश्वबिद्यालयमा आबेदन बृद्धि सुन्य (0%)भयपनी दोहोरीएका उपकुलपति उम्मेदवार १८.%,  सुदुर पश्चिम बिश्वबिद्यालयमा १००% आबेदन बृद्धि भयता पनि दोहोरीएका उपकुलपति उम्मेदबार .% रहेको, उपरोक्त चार बिश्वबिद्यालय मध्ये एकमा मात्र निबर्तमान  उपकुलपतिको आबेदन परेको एक बिश्वबिद्यालयमा मात्र पूर्वउपकुलपतिको आबेदन परेको अवस्थामा  केहि प्रश्नहरु उठेका छन् I

१.     किन पूर्वउपकुलपति प्रतिस्पर्धीको प्राज्ञिक नेतृत्व गर्ने उत्साह, जोश, जागर, नेतृत्व अठोट कम हुदै गयो? (अधिकतम १८.% न्युनतम . %)

२.     किन पूर्वउपकुलपति निबर्तमान उपकुलपतिको बिश्वबिद्यालय  नेतृत्व गर्ने, तय गरियका लक्ष्य, उद्देस्य, नीति रणनीति कार्यान्वन गर्ने चाहना न्यून हुदै गयो?

३.     उपकुलपति उम्मेदवार बन्न फराकिलो दायरा बनाइएयको भएता पनि त्रिभुवन बिश्वबिद्यालयमा किन उम्मेदवार बृद्धिदर शुन्य हुन गयो ?


Recommended for you